नेकपा माओवादी केन्द्र र विप्लव नेकपाले गरे एउटै मञ्चमा संयूक्त कार्यक्रम

No description available.

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी (केन्द्र) ले जाजरकोटको रिम्नामा संयुक्त रुपमा एउटै मञ्चमा जनयुद्ध दिवसको कार्यक्रम गरेका छन् ।

जनयुद्ध दिवसको २८ औं वार्षिकोत्सवका अवसरमा फरक लाईनमा हिडिरहेका दुई कम्युनिष्ट पार्टीले एउटै मञ्चमा जनयुद्ध दिवस मनाउने कुराले सकरात्मक सन्देश दिएको छ ।

No description available.

¥याली सहितको सभाका प्रमुख अतिथि कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री मंगल शाहीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाउनु नयाँ काम भएको बताए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टीका दक्षिण कर्णाली व्यूरो सदस्य संगमले जनयुद्धको उद्देश्य पुरा नभएकाले त्यसको उद्देश्य पुरा गर्ने बाटोमा सवै माओवादी लाग्नुपर्नेमा जोड दिए । उनले माओवादीहरुको एकता विना जनयुद्धको उद्देश्य पुरा हुन कठिन हुने भन्दै संसदीय वाटोवाट त कुनै पनि हालतमा जनयुद्धको मुद्धा समाधान नहुने ठोकुवा गरे ।

No description available.

सवै माओवादीहरुले समिक्षा गरेर वैज्ञानिक समाजवाद ल्याउने बाटोमा लाग्नु नै जनयुद्ध प्रति सम्मान हुने बताए । कार्यक्रमा नेकपा माओवादी केन्द्रका गगन खड्का, नेकपाका पश्चिम रुकुमका इन्चार्ज चन्द्र सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य यौद्दा सी, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज पौरख सी, प्रतिनिधि सदस्य सुर्यकिरण सी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवाल सदस्य हरी सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका प्रकाशन विभाग प्रमुख दिपेन्द्र सी ले गरेका थिए ।

No description available.

नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका सेक्रेटरी बिराजन सी ले स्वागत मन्तव्य राखेका थिए । समाना सांस्कृतिक परिवारको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रम अझै दुई दिन सम्म चल्नेछ । विभिन्न खेलकुदका कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया