नलगाडमा नेकपा बहुमतको प्रशिक्षण कार्यक्रम सम्पन्न

No description available.

जाजरकोट । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) जाजरकोटको प्रशिक्षण कार्यक्रम नलगाड नगरपालिका ५ मा सम्पन्न भएको छ ।

जिल्ला संयोजक हिमालको अध्यक्षता र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज संगम को प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज धमिल, सल्लाहकार समिति सदस्य हर्क र हरिशको अथित्यतामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो ।

जनयुद्ध दिवसको अवसरमा उक्त प्रशिक्षण कार्यक्रम भएको हो । जिल्ला स्तरको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज धमिलले वर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दुःख र संकटमा झनै पार्दै जाँदा जनताको मेरुदण्ड र सर्वहारा वर्गको अग्रदस्ताको रुपमा पार्टीलाई लिनको निमित्त जनतासंग नियमित जोडिन र जनसम्बन्ध एवम कार्यक्रम लाई थप उर्जाका साथ अघि बढाउन प्रेरित गरे ।

No description available.

प्रदेश ईन्चार्ज संगमले वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति पार्टीको कार्यदिशा कार्यनीति तथा रणनीति सम्बन्धी महत्वपूर्ण प्रशिक्षण दिएका थिए । उनले पार्टीले अहिले लिईरहेको कार्यदिशाले बैज्ञानिक समाजवादको जन्म संगै दलाल संसदीय व्यवस्थाको अन्त्य गर्ने र यसको निमित्त सम्पुर्ण बामपंथी प्रगतिशील तथा क्रान्तिकारीहरुको धुर्बिकरण र जनताको संघर्ष संगै पार्टीको सकृयता निरन्तर रहने कुरा बताए । कार्यक्रमका सञ्चालक तथा अध्यक्ष हिमालले उक्त प्रशिक्षण कार्यक्रम समापन गरे । जिल्ला कमिटीको बैठक मंगलबार बिहान बाट सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया