रुकुम पूर्वका एक वृद्दाले गरे वृद्ध भत्ता नलिने घोषणा

No description available.

रुकुम पुर्व । रुकुम पुर्वका एक वृद्दाले सरकारले दिदै आएको जेष्ठ नागरिक भत्ता नलिने बताएका छन् । विहे नै नगरेका ७७ बर्षिय कलिराम घर्ती ( जिम्दारे) ले जेष्ठ नागरिक भत्ता आफुले नलिने बताएका हुन् । उनले अहिले सम्म आफुले भत्ता नलिएको र अवका दिनमा समेत नदिने घोषणा गरेका हुन् ।

रुकुम पुर्वको सिस्ने गाउँपालीका वडा नम्बर ४ मा घर भएका अविवाहित ७७ बर्षिय कलिराम घर्तीलाई तपाईंले किन जेष्ठ नागरिक भत्ता नलिनुभएको हो भन्ने प्रश्नमा उनले भने नेपाल आफैमा गरिव छ बिदेशीहरुबाट ऋण लिएर कर्मचारी पाल्ने देशले फेरि भत्ताको नाममा राजनीति गर्ने नेताहरुले देशलाई कङ्गाल बनाएको र यसको भार अब आउने पुस्तालाई थपिने हुदाँ आफुले जेष्ठ नागरिक भत्ता नलिने अठोट गरेको उनले बताए ।

खासै बोल्न नमान्ने उनी आफैमा सम्पन्न वर्गका भने होईनन् विहेनै नगरी बसेकाले उनलाई गाउँलेहरुले जिम्दारे उपनाम ले बोलाउने गर्छन् । सानैदेखि खेतीपाती र गाईबस्तु पाल्दै रमाउने घर्ती विगत १ बर्षयता भने नत खेती लगाउछन् नत गाई बस्तु नै पाल्छन् कारण हो बुढेसकाल लाग्नु ।

उनी बिरामी हुदाँ भने उनलाई स्याहारसुसार गर्ने घरमा कोहि पनि छैन । उनी कहिले आफ्नो घर कहिले आफन्त तथा छिमेकीको घरमा जीवन कटाईरहेका छन् तर पनि सरकारले दिने जेष्ठ नागरिक भत्ता नलिने उनको अठोटले सबैलाई देशप्रतिको माया र देशको बारेमा गम्भीर भएर सोच्न बाध्य बनाएको छ ।

तपाईको प्रतिक्रिया