ढुङ्गा लागेर नलगाडमा ३२ बर्षिय यूवाको मृत्यु


नलगाड । नलगाडमा भीर बाट आएको ढुङ्गा लागेर एक जनाको मुत्यु भएको छ ।

वडा नं ५ को नलगाड हाईड्रोपावरको पहुँज मार्ग अन्तरर्गत गेरेनी भीरमा माथिबाट आएको ढुङ्गा लागेर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ चौर घर भएका ३२ बर्षीय अशोक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खारा बाट कालिमाटी आउने क्रममा खड्का मोटरसाईकलमा सवार थिए । उपचारको क्रममा स्वास्थ्य चौकी दल्लीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया