नलगाडमा भीरबाट खसेर एकजनाको मृत्यु


नलगाड । जाजरकोटको नलगाड नगरपालिका भीर बाट लडेर एक जनाको मृत्यु भएको छ । वडा नं ३ कट्केगाउँका
मानबहादुर रोकायको भीर बाट लडेर मृत्यु भएको हो । शुक्रबार रात्ति घर नजिकै रहेको भीर बाट लडेर मृत्यु भएको स्थानीयले बताए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया