एक महिना देखि डाक्टरविहीन लिम्सा अस्पताल

बारेकोटमा फैलियो मौसमी रुघाखोकीे :  चिकित्सक भन्छन्, ‘कोरोनाको लक्षण मिल्छ’
बारेकोट । बारेकोट गाउँपालिकाको साविक प्राथमिक स्वास्थ्य केन्द्र हालको प्रस्तावित आधारभुत अस्पताल लिम्सा एक महिना देखि डाक्टरविहीन भएको छ । गत पुस २५ गते अस्पताल छाडेका डाक्टर सन्तोष चपाई नफर्किएपछि डाक्टरविहीन भएको हो ।

नागरिकको स्वास्थ्य हकलाई सुरक्षित राख्न कर्णाली प्रदेश सरकारले ६० प्रतिशत र बारेकोट गाउँपालिकाले ४० प्रतिशत व्यहोर्ने गरी २०७८ फागुनमा डाक्टर चपाई प्रस्तावित आधारभुत अस्पतालमा हाजिर भएका थिए ।

गत पुस २५ गते अस्पताल छाडेका डाक्टर एक महिना वितिसक्दा समेत अस्पताल नफर्किएको अस्पतालको एक स्रोतले जनाएको छ । डाक्टर नहुँदा समान्य उपचारका लागि स्थानीय दल्ली अस्पातल र जिल्ला स्वास्थ्य कार्यालय धाउन बाध्य भएको स्थानीयले बताए । डाक्टर ल्याउने विषयमा गाउँपालिकाले कुनै चासो नदिएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया