सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृत बस्ती रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ । पदभार सम्हाले लगतै मन्त्री शाहले प्रदेशको राजधानी कर्णालीकै गेट रहेको एकीकृत विकास गर्ने आवश्यक रहेको बताउनुभएको हो ।मन्त्री शाहले भन्नुभयो, प्रदेश राजधानीलाई एकीकृत विकास गर्न सक्यौँ भने कर्णाली प्रदेश प्रवेश गर्ने बित्तिकै नयाँ प्रभाव दिने छ । त्यसैले एकीकृत विकास गर्नुपर्छ । साथै खानेपानी, व्यवस्थित बस्ती विकास, विद्युत्का तार अन्डरग्राउन्ड गर्नमा मेरो ध्यान जाने छ ।
शाहले रणनीतिक महत्त्वका आयोजनाहरू पूरा गर्न प्रदेशको मात्रै सामर्थ्यमा पूरा गर्न नसक्ने भएकाले त्यसका निम्ति सङ्घीय सरकारसँग सहर्काय गरेर ती आयोजनाहरू परिपूर्ति गर्न सकिने बताउनुभयो । सुर्खेत विमानस्थल निर्माण र विस्तार हुनुपर्छ । सुर्खेत विमान स्थलको रनवे एकदमै छोटो छ । यदि विस्तार हुन नसकेको खण्डमा विकल्प पनि खोज्नुपर्छ । साथै दखलैको पञ्चकोशी क्षेत्रलाई एकीकृत विकासको रूपमा विकास, कर्णाली कोरिडोर, कर्णाली नदीमा जल पर्यटनका निम्ति अध्ययन अनुसन्धान गर्ने सोच बनाएको छु । उहाँले भन्नुभयो, ।
कर्णाली र भेरी कोरिडोरको विकास गर्न नितान्त आवश्यक रहेको यसका निम्ति आफू पनि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । यस्तै, कर्णाली प्रदेश जडीबुटीको लागि एकदमै कहलिएको अवस्था रहेको, कर्णालीको जडीबुटी भनेर जताततै प्रचार हुने तर, जडीबुटीबाट आम जनमानसमा लाभान्वित नभएको बताउनुभयो । त्यसका लागि जडीबुटी प्रशोधन र विकासका लागि पहल कदमी चाल्नु पर्ने उल्लेख गर्नुभयो ।
। १५ माघ २०७९, आईतवार