मुक्तक
नजर चोर्नु थियो त नजर लड़ायौ किन
दिल तोड्नु थियो त दिल लगायौ किन
सफर अधूरो गरेर मलाई एक्लो पारी गयौ
साथ छोड्नु थियो त सम्बन्ध बनायौ किन
मुक्तक
मेरो मनभरी चोट अनि दर्द हुँदैनथ्यो भने
माया गर्ने मुटुको कुनै अर्थ हुँदैनथ्यो भने
म पनि कसैको महान प्रेमी बन्ने थिए हेर
हाम्रो मायामा केही सर्त हुँदैनथ्यो भने
मुक्तक
हजारौं पीडा सहियो तर, मुर्ति जस्तो ढुङ्गो बन्न सकिएन
लिनु दिनु केही छैन तर केही नभाको बुङ्गो बन्न सकिएन
कुट्नु कुट्यो भाग्यले आकार बनिन,सुभाष छर्न सकिन
कोशिश गरे सुगन्धित पार्न तर फूलको थुङ्गो बन्न सकिएन
मुक्तक
काँडा भएछु कसैको नजरमा फूल भएछु
कसैलाई दुखबाट सुखमा तार्ने पुल भएछु
सबैलाई खुशी राख्ने कोसिस गर्दागर्दै पनि
कसैको मनमा बिझाईरहने तिखो सुल भएछु
दिपेश सिह बारेकोट गाउँपालिका ३ जाजरकोट
। १४ माघ २०७९, शनिबार