विप्लव नेकपाका निराजन सी रिहाई

May be an image of 4 people and people standing
जाजरकोट । विप्लव नेतृत्वको नेकपा जिल्ला सचिवालय सदस्य निराजन सी बुधबार रिहाई भएका छन् । २५ दिनको हिरासत बसाईपछि कर्ण बहादुर रम्तेल (निराजन सी) रिहाई भएका हुन् ।

कुशे गाउँपालिका, ४ स्थित भानुभक्त माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर शाहीलाई कालो मोसो दलेको आरोपमा निराजन सी लाई प्रहरीले प्रक्राउ गरेको थियो । नेपाली काँग्रेस कुशे गाउँ कमिटीका सचिव समेत रहेका शिक्षक शाहीको लेखित उजुरीका आधारमा निराजन सी लाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालतले थप गरेको म्याद अनुसार २५ दिनसम्म प्रहरीले गरेको अनुसन्धान पश्चात निराजन सी लाई बुधबार रिहाई गरेको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए । सेक्रटरी विराजनले दिएको जानकारी अनुसार निराजनलाई जिल्ला अदालतकै आदेशमा बुधबार रिहाई गरिएको हो ।

२५ हजार धरौटीमा निराजनलाई अदालतले रिहाई गर्ने आदेश गरेको सेक्रेटरी विराजन सी ले जानकारी दिएका छन् । रिहाई भएका निराजनलाई नेकपा जाजरकोटले खाँदा र टीका लगाएर भव्य रुपमा स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया