कर्णालीका मुख्यमन्त्री शर्माद्वारा मन्त्रिपरिषद्‌मा कार्यविभाजन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिरिषद्‌मा कार्यविभाजन गरेका छन् । मुख्यमन्त्री शर्माले बुधबार मन्त्रीहरु नियुक्ति, जिम्मेवारी हेरफेरका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका हुन् ।

एमालेबाट

विनोदकुमार शाह : आर्थिक मामिला तथा योजनामन्त्री

टेकराज पछाई : सामाजिक विकासमन्त्री

शेरबहादुर बुढा : उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

माओवादी केन्द्रबाट

मंगलबहादुर शाही : भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोतमन्त्री

कृष्ण जिसी :आन्तरिक मामिला तथा कानुनमन्त्री

भीमप्रकाश शर्मा : भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री

उर्मिला विश्वकर्मा : भौतिक पूर्वाधार विकास राज्यमन्त्री

नवनियुक्त नियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे पद तथा गोपनीयता शपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालले जनाएको छ ।

तपाईको प्रतिक्रिया