लामो समयपछि पानी पर्दा किसान हर्षित

नहरमा पानी नआउँदा ४० हजार हेक्टरको गहुँ खेती प्रभावित

File Photo

जाजरकोट । लामो समयपछि पानी पर्दा जाजरकोटका किसान हर्षित भएका छन् । खेतवारीमा हिउँदे वाली लगाएका किसान लामो समयपछि पानी पर्दा हर्षित भएका हुन् । हिउँदे वाली गहु्ँ, जौं, मसुरो, मटर आकाश बाट पानी नपर्दा खेतवारीमा सुक्न थालेका थिए ।

बारेकोट गाउँपालिका —०१ रामीडाँडाका रमेश घर्तीलाई पानी नपर्दा खेतवारीमा लगाएको हिउँदे वाली सुक्ने चिन्ता थियो । मंगलबार विहान बाटै आकाश बाट पानी पर्न थालेपछि रमेश निकै खुशी भएका छन् । जिल्लाका अधिकांश ठाउँमा पर्याप्त सिंचाई सुविधा छैन् ।

किसानले हिउँदे वाली आकाशे पानीको भरमा लगाउदै आएका छन् । यो बर्ष वाली लगाएदेखि पानी परेको थिएन । आकाश बाट पानी परेपछि यहाँका किसान निकै खुशी भएको नलगाड नगरपालिका —०१ का धर्मेन्द्र विकले बताए ।
लामो समय देखि खडेरी परेकोले यो बर्ष उत्पादन समेत घट्ने अनुमान छ । यस्तै, जाजरकोटका उच्च भु भागमा हिमपात समेत परेको छ ।

तपाईको प्रतिक्रिया