किसानलाई बाख्रा


छेडागाड । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्रा तथा बोका वितरण गरेको छ । ‘लक्षित वर्ग कृषि व्यवसाय प्रवद्र्घन’ कार्यक्रम अन्तर्गत सोही स्थानको उद्यमशील कृषक बाख्रापालन समूहलाई उन्नत जातका बाख्रा बोका वितरण गरिएको हो ।

बाख्रापालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको छ । कार्यालयले उद्यमशील कृषक बाख्रा पालन समूहसँग सम्झौता गरेको र उक्त समूहले खरिद गरि ल्याएका उन्नत जातका बाख्रा बोका वितरणका साथै अनुगमन गरेको कार्यालय प्रमुख कलमबहादुर महताराले बताए । समूहमा आबद्ध १३ महिलालाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको छ ।

उद्यमशील कृषक बाख्रापालन समूहका अध्यक्ष जैसेरा थापाले प्रदेश सरकारले बाख्रा पालक कृषकहरूको मागलाई सम्बोधन गरेर रकम उपलब्ध गराई बोका बाख्रा पाउँदा आफूहरू खुशी भएको बताईन् । छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्रबहादुर थापाले उन्नत जातका बाख्रा वितरणपछि छेडागाड नगरपालिका वडा नं ४ मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको र बाख्रा प्रवद्र्घन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया