कार र मोटरसाईकल ठोक्किदा २ जना घाईते

 

सुर्खेत । भेरीगंगामा कार र मोटरसाईकल एक आपसमा ठाक्किदा दुई जना घाईते भएका छन् । भेरीगंगा नगरपालिका ५ बबई स्थित रत्न राजमार्गमा सुर्खेतबाट कोहलपुर तर्फ जाँदै गरेको बा २१ च ३७१० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ब ०३१६ नम्बरको सरकारी मोटरसाईकल मंगलवार बिहान साढे सात बजे एक आपसमा ठाक्किदा दुई जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईते हुनेमा जाजरकोट छेडागाड नगरपालिका १ का वडा अध्यक्ष राम बहादुर डाङ्गी र ठेगाना खुल्न नसकेका डेकेन्द्र दाहाल रहेका छन् । उनीहरु दुबै जनालाई उपचारको लागि नेपालगञ्ज पठाईएको छ । दुबै सवारी साधन र कार चालक वीरेन्द्रनगर नगरपालिका ३ का ३७ वर्षीय चक्र प्रसाद पाण्डे नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षकब सुरज कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया