राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली

 

 

 

काठमाडौँ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताएका छन् । ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ, त्यस्तो हुन सक्छ,’ उनले भने । प्रतिनिधिसभाको बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले संसद्‌मा कांग्रेसले उच्चस्तरीय संयन्त्र बनाएको विषयमा विरोध गरेको भन्दै त्यस्तो अभ्यास पनि कांग्रेसले नै सुरू गरेको बताए । ‘कांग्रेसले रामचन्द्र पौडेलजीको नेतृत्वमा संयन्त्र गठन गरेर नयाँ प्रचलन थालेको हो । मैले पहिले संविधानविपरीतको कुरा हुँदैन, पर्दैन भनेकै हो । तर कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर अभ्यास सुरु गर्‍यो,’ उनले भने, ‘अहिले हामीले त्यसैलाई निरन्तरता दिएको मात्रै हो । अहिले फेरि कांग्रेसले नै फेरि प्रश्न गर्‍यो । यसरी बेलगाम चल्ने कुरा र प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्ने कुरा यो पनि अशुभको संकेत हो ।’

तपाईको प्रतिक्रिया