अखिल क्रान्तिकारी जाजरकोटको २१ औं सम्मेलन हुदैं

No description available.
जाजरकोट । नेकपा (वहुमत) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जाजरकोटको जिल्ला सम्मेलन हुने भएको छ । “दलाल संसदीय व्यवस्था र वर्तमान शिक्षा प्रणालीका विरुद्ध हाम्रो आन्दोलन, आमूल परिवर्तन र वैज्ञानिक शिक्षा प्राप्तिको लागि २१ आंै जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ माघ ६ गते जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनको लागि तयारी तीव्र रुपमा भैरहेको र लगभग सम्पुर्ण तयारी पूरा भैसकेको आयोजक समिति सदस्य शुनिल सिंहले जानकारी दिए ।

नलगाड –०७ दल्लीमा केन्द्रिय अध्यक्ष मिलन राई द्वारा उद्घाटन हुने सम्मेलनमा हजारौ विद्यार्थीको उपस्थिति गराउने तयारी गरिएको छ । साथै जिल्लाका विभिन्न ठाउँमा प्रचारलाई तीव्र पारिएको छ । जिल्ला भित्रका विद्यालयहरुमा सङ्गठन निर्माण, पुनःनिर्माण, पुरानो कमिटीको वैठक गर्दै सङ्गठन सुदृढीकरण कार्य धमाधम भैरहेका छ ।

संगठन जिल्ला सम्मेलन आयोजक समिति संयोजक तिलक विष्टले जिल्ला भित्र रहेको शैक्षिक विकृति र वर्तमान पुँजीवादी शिक्षा प्रणालीको शसक्त भण्डाफोर गर्दै समाजवादी शिक्षा प्रणाली प्राप्तिको लागि २१ औं जिल्ला सम्मेलनको आयोजना गरिएको बताए । वामपंथी विद्यार्थीहरुलाई उपस्थितिको लागि आमन्त्रण समेत गरे ।

तपाईको प्रतिक्रिया