प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत

प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत
जुम्ला । प्रेस सेन्टर नेपाल जुम्लाको अध्यक्षमा विजय रावत चयन भएका छन् । रावतको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । प्रेस सेन्टरका केन्द्रीय सदस्य नेत्रबहादुर शाही र प्रेस सेन्टर जुम्लाका वरिष्ठ सल्लाहकार पूर्णप्रसाद चौलागाईको उपस्थितिमा बिहीबार नयाँ नेतृत्व चयन भएको हो ।

पदाधिकारीमा उपाध्यक्ष उमेश बुढा, महिला उपाध्यक्ष अनिता बुढा, सचिव गोल्डेन बुढा, सहसचिव उमेर परियार, समाबेशी सहसचिव रामप्रकाश विक छन् । अध्यक्ष रावतले संगठनलाई मजबुत गर्न सबैको सल्लाह सुझाब अनुसार अघि बढ्ने बताए । प्रेस सेन्टर जुम्ली इतिहासमा अव्बल नै रहेको केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया