नविन पिएम
सल्यान । सल्यानको एक विद्यालयका करिब २७ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
वनगाड कुपिण्डे नगरपालिका तरुण दल नेपालका नगर अध्यक्ष तथा समाजसेवी कमल पुनले शैक्षिक सामग्री वितरण गरेका हुन् ।
नगरपालिकाको प्रभाकर माद्यामिक विद्यालय देवस्थलका १ देखि १० सम्मका विपन्न गरिव बालबालिकाहरुलाई करिब ५ हजार बराबरको कापी ,कलम लगायतका अध्ययन सामाग्री वितरण गरेका हुन् ।
जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षा संग जोड्न आफुले प्रयास गरेको उनले बताए । सामाजिक अभियान्ताको काम समेत गरिरहेका पुनले बनगाडका धेरै गरिव दुःखीहरुलाई आफुले सक्दो सहयोग गरेको बताए ।
गएको १ महिना अगाडी गरीब आमा बचाउ अभियान समेत चलाएर गरिव आमाको उपचारको लागि सहयोग संकलन गरेर सहयोग पनि गरेका थिए । यस्तै कोरोनाको महामारीमा नगरपालिकाको वडा नम्बर १ का गरीब २४ घरधुरीलाई आफ्नो टिमको अभियानबाटै करिब ३५ हजार बराबरको चामल तेल लगायतको राहत वितरण गरेका थिए ।
तरुण दल नेपाल वनगाड नगर अध्यक्ष समेत भएका उनी राजनीति र समाजसेवालाई संगसगै अगाडि बढाउँदै गएका छन् । विपन्न विद्यार्थीहरुले आफुहरुले अध्ययन सामाग्री निःशुल्क पाउँदा खुशी भएको बताए । विद्यार्थीहरु निकै खुशी भएका छन् ।
। २९ पुष २०७९, शुक्रबार