खलंगा । जाजरकोट उद्योग वाणिज्य संघले सञ्चालन गरेको चौथो जाजरकोट महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।
कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार भन्ने मूल नाराका साथ पुस ११–१६ गते सम्म सञ्चालन भएको चौथो जाजरकोट महोत्सवको आयव्यय सार्वजनिक गरिएको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जानकारी दिए । केसीका अनुसार महोत्सव १८ लाख घाटामा रहेको छ ।
२५ लाख ४५ हजार ३ सय आम्दानी भएकोमा ४४ लाख ३५ हजार ५१० खर्च भएको छ । ‘विभिन्न सहयोगीदाताहरु, कार्यालय बाट आउने पैसाले व्यय घट्न सक्छ’, अध्यक्ष केसीले भने, ‘सहयोग हुने रकम एकिन भएको छैन्, सहयोग भुक्तानी भएपछि व्यय रकम प्रष्ट देखिन्छ ।’
यस्तो छ आयव्यय
। २८ पुष २०७९, बिहीबार