
औषधि तस्करी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका छन्।
थाइ स्माइलको उडानमार्फत बैंकक जान लागेका तीन चिनियाँ नागरिकलाई पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार पक्राउ पर्नेमा २९ वर्षीय लिख वाङ, २८ वर्षीय चङ स्यावयू र २९ वर्षीय थाङ सानसान रहेका छन्।
उनीहरुको साथमा १०० एमजीको ६०० पत्ता रिटोनविर औषधि फेला परेको हो। यो औषधि एचआइभीविरुद्ध प्रयोग गरिन्छ। उनीहरूले सो औषधि कुन प्रयोनजनका लैजान लागेका थिए भन्ने खुल्न सकेको छैन।
















































। २६ पुष २०७९, मंगलवार