सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि १ माघमा निर्वाचन हुने भएको छ ।
सोमबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो ।
कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको जानकारी दिए ।
उनले प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् । प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्ने भएको छ ।
। २६ पुष २०७९, मंगलवार