सदरमुकाम खलंगामै छैन् खेल मैदान, समस्यामा खेलाडी


जाजरकोट । जिल्ला सदरमुकाम जाजरकोट खलंगामा खेल मैदानको अभाव छ । खेल मैदान अभावका कारण खेलाडीहरुले विभिन्न समस्या खेपिरहेका छन् । जिल्ला सरमुकाममा नै खेल मैदान बन्न सकेको छैन ग्रामीण भेगहरुमा झन खेल मैदान हुने कुरै भएन । जिल्लामा अहिलेसम्म एउटा पनि खेल मैदान बन्न सकेको छैन । खेल मैदान नहुँदा खेलाडीलाई निकै समस्या हुने गरेको रमेश विकले बताए । उनले भने ‘खेलाडीका लागि आवश्यक पर्ने खेल मैदान नै छैन् अनि कसरी खेल विकास गर्न सकिन्छ ।’

जिल्ला सदरमुकाममा खेलकुदका पूर्वाधार बन्ने हो भने यस क्षेत्रको पर्यटन, प्रवद्र्धनका साथै ब्यापार व्यवसाय पनि फस्टाउने र अन्य पहाडी जिल्लालाई सजिलो हुने भएकाले जाजरकोटमा खेल मैदान बनाउन जरुरी रहेको छ ।

२०७४ सालमा आफ्नै २ रोपनी ३ आना जग्गामा इन्डोर कभर्ड हल निर्माण कार्य शुरु भएका र बजेट अभाव र सम्बन्धित निकायले पनि चाँसो नदिँदा उक्त निमार्ण कार्य रोकिएका जिल्ला खेलकुद विकास समिति जाजरकोटका अध्यक्ष नर बहादुर बस्नेतले बताए । उनले भने‘ खेल मैदान निर्माणका लागि संघ र प्रदेशले लागि कुनै चासो लिएको छैन् । जाजरकोटबाट मात्रै अहिलेसम्म १३ जना खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । दुई जना खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका छन् । मैदान अभावमा खेलकुद प्रतियोगिता नहुँदा खेलाडी उत्पादन हुन सकेका छैनन् । मैदान भए प्रत्येक बर्ष ४–५ जना खेलाडी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउने थिए होला तर मैदान छैन ।
यसैगरी जिल्लामा क्रिकेट,फुटबल,भबिल लगायत खेलका लागि खेल मैदान नै छैन । प्रतियोगिता गराउनुपर्दा खलङ्गास्थित त्रिभुवन माविको खेल मैदानमा गराउन बाध्य हुनुपरेको र पढाइमा अवरोध हुने हुँदा विद्यालय प्रशासनले पनि मैदान सजिलै उपलब्ध नगराउने जाजरकोट युवा क्रिकेट क्लबमा अध्यक्ष अनिश काकीले बताए ,
उता भेरी नगरपालिकाको पहल र कर्णाली प्रदेश सरकारको समपूरक बजेटमा भेरी नगरपालिका—१३ कुदुमा सबै खेल खेल्न मिल्ने खालको रङ्गशालाका लागि डिपिआर तयार भएको थियो तर बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।

जिल्लामा खेल मैदान निर्माण गर्न सकिएमा यस क्षेत्रका खेलाडीलाई निकै ठुलो राहत हुने र विभिन्न समयमा खेलकुदको आयोजना गरी यहाँको ब्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयहरुको भनाई छ ।

खेलाडीहरूका लागि खेल मैदान र कर्वडहलको व्यवस्था नहुँदा खेलाडीहरूलाई समस्या हुने गरेको छ । जिल्लामा हरेक बर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड लगायत अन्य प्रतियोगिता गर्नु परे विद्यालयहरूको खेल मैदान प्रयोग पर्ने बाध्यता छ ।

जिल्लामा सञ्चालन हुने खेलकुद,सांस्कृतिक कार्यक्रम वा अन्य सभा सम्मेलन लगायत कार्यक्रमका लागि विद्यालयमा प्रयोग गर्दा विद्याथीहरुको पठनपाठनमा बाधा हुने गरेको त्रिभुवन मावि खलंगाका प्रधानध्यापक भक्तबहादुर मल्लले बताए ।

तपाईको प्रतिक्रिया