अण्डा र न्यानो कपडा बोकी उपाध्यक्ष गर्भवती महिलाको घर पुग्छिन्

May be an image of 4 people, people standing and food

शिवालय । जिल्लाको शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाही गर्भवती महिलाको घरमा अण्डा र न्यानो कपडा लिएर पुग्ने गरेकी छन् । सुत्केरी महिला सँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत उपाध्यक्ष शाही गाउँपालिका भित्रका गर्भवती महिलाको घरघरमा पुग्ने गरेकी हुन् । सोही अन्तर्गत सुत्केरी र गर्भवती महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरीएको छ । शिवालय गाउँपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा आवद्द भएका २० जना सुत्केरी र गर्भवती महिलाहरुलाई पौष्टिकयुक्त सामग्री वितरण गरेको हो ।

बालवालिकाहरुलाई कुपोषणबाट बचाउन साथै स्वास्थ्य संस्थामा सुत्केरीको महिलाको दर बढाउनलाई पोषण सामग्री वितरण गरिएको शिवालय गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तरर्गत २ लाख रकम मध्ये १ लाखबाट पौष्टिकयुक्त सामग्री बितरण गरेको शिवालय स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले जानकारी दिए ।

शाखाले सुत्केरी र गर्भवती महिलाहरुलाई पछ्यौरी, एक क्यारेट अण्डा, बच्चालाई न्यानो कपडा, एक पोका नुन, एक पोका तेल र नगद चार सय रुपैया बितरण गरेको शिवालय स्वास्थ्य शाखाका अहेव कमल बुढाले बताए ।

May be an image of 6 people, people standing and outdoors

तपाईको प्रतिक्रिया