छेडागाडमा गर्भवती महिलाको हवाई उद्दार


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा एक गर्भवती महिलाको उद्दार गरिएको छ । नगरपालिकाको पहलमा वडा नं – ०१ साल्मा निवासी २७ बर्षिया बिजुली खड्काको हवाई उद्दार गरिएको हो ।

विहीबार विहान सुत्केरी वेथा लागेकी खड्कालाई साल्मा स्वास्थ्य चौकीमा पुर्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्यचौकीले हवाई उद्दारका लागि नगरपालिकालाई चिठी पठाएको थियो ।

नगरपालिकाको पहलमा खड्काको उद्दार गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतमा अहिले उपचार भईरहेको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया