कबड्डी खेल्दा खेल्दै लडेर एक विद्यार्थीको मृत्यु

मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल उर्लाबारी अध्यनरत एक विद्यार्थीको कबड्डी खेल्दा खेल्दै लडेर मृत्यु भएको छ।

बुधबार खेल मैदानमा आफैँ लडेका उनलाई तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो।

त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि उनलाई बिर्तामोडस्थित बी एन्ड बी अस्पताल लगिएकोमा चिकित्कसकले मृत घोषणा गरेका थिए।

संखुवासभा घर भएका १८ वर्षीय ल्यप्टोक थिकापे भोटे उक्त कलेजमा डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ गर्दै थिए। अभिभावकका अनुसार उनलाई मुटुको समस्या थियो।

तपाईको प्रतिक्रिया