
जाजरकोट । चौथो जाजरकोट महोत्सवमा सञ्चालन गरिएको सर्वाधिक राशिको खुल्ला पुरुष भलिवलको भोली फाईनल हुने भएको छ । शुक्रबार भएको सेमिफाइनलमा चार टीम वीच प्रतिस्पर्धा भएको थियो ।
पहिलो खेलमा आर.आर गौतम कन्ट्रक्सनलाई केसी आयल स्टोर कालिमाटीले ३–१ सेटले जित निकालेको थियो । यस्तै, दोस्रो खेलमा चन्दनाथ गण जाजरकोट र मुनलाईट डिजिटल, प्राप्ती सप्लार्यस वीच प्रतिस्पर्धा भएको थियो । मुनलाईट डिटिजल, प्राप्ती सप्लार्यसले चन्दनाथ गण जाजरकोटलाई ३–० सेटले हराएको थियो । शनिवार फाईनल खेल हुने आयोजक उद्योग बाणिज्य संघ जाजरकोटले जनाएको छ ।
भोली ( शनिवार) विहान ८ बजे देखि सुरु हुने खेलमा तेस्रो स्थानका लागि चन्दनाथ गण जाजरकोट र आर.आर गौतम कन्ट्रकन्सन वीच खेल हुनेछ ।

यस्तै पहिलो स्थानका लागि केसी आयल स्टोर कालिमाटी र मुनलाईट डिजिटल, प्राप्ती सप्लार्यस वीच खेल हुनेछ । अहिले सम्मकै सर्वाधिक राशीको खुल्ला पुरुष भलिवललाई चासोका साथ हेरिएको छ । महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए । यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ ।
















































। १५ पुष २०७९, शुक्रबार