जाजरकोट । जाजरकोटमा एक वर्षको अवधिमा २८ वटा मावन अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले २०२२ जनवरीदेखि हालसम्म जाजरकोटमा भएका घटनाहरुको विवरण बारे जानकारी गराएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठले जिल्लामा भएका मानव अधिकार उलंघनका घटनाबारे जानकारी गराएका छन् ।
जसमा हत्या दुईवटा, कुटपिट एक वटा, बालअधिकार २ वटा, बलात्कार र यौन दुव्र्यवहार ८ वटा, महिला अधिकार तथा घरेलु हिंसा सम्बन्धी ९ वटा र जातीय विभेद तथा कुटपिट एउटा गरी जम्मा २८ वटा मानव अधिकार उल्लंघनका घटना भएको श्रेष्ठले बताए ।
कार्यक्रमका सहभागीहरुले संकलित तथा अभिलेखिकरण भएका घटनाको पुर्नपुष्टि सहित थप जानकारी लिएर पुस्तकमा राख्न सुझाव दिएका छन् । सरोकारवाला निकायका प्रतिनिधिहरुले घटना भएका र अपडेट गर्नुपर्ने, छुटेका कुरालाई पनि समेटेर पुस्तकका लागि अन्तिम रुप दिन सल्लाह दिएका छन् ।
। १४ पुष २०७९, बिहीबार