संघीय संसद् सचिवालय संसद्को अधिवेशनका लागि तयार

काठमाडौं : संघीय संसद् सचिवालयले संसद्को अधिवेशनका लागि तयार रहेको बताएको छ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले सबै दलको संसदीय दलको कार्यालय व्यवस्थापन

भइसकेको र सबै तयारी समेत पूरा भइसकेको बताएका हुन्। सहायक प्रवक्ता धमलाले सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकीय, प्रशासनिक कुराहरू सकिएको बताए। सरकारले पुस २५ गते दिउँसो १ बजे संसद् अधिवेशन आह्वान गरेको छ। उनले संसद्का पदाधिकारीहरूलाई दिइने सवारी साधनको भने अभाव रहेको जानकारी दिए। सचिवालयसँग स्रोत नभएको भन्दै उनले अर्थ मन्त्रालयसँग पटक–पटक स्रोत माग्दापनि उपलब्ध हुन नसकेको गुनासो गरे।

‘अधिवेशन आह्वान हुन्छ भन्नेमा तयारी अवस्थामा छौँ। संसदीय दलका कार्यालयको व्यवस्थापन भइसकेको छ। सभा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यवस्थापकिय, प्रशासनिक दृष्टिकोणले हेर्ने सम्पूर्ण कुराहरू सकिएको छ। गर्नुपर्ने तयारी प्रायः सकिसकेका छौँ”, उनले भने।

सहायक प्रवक्ता धमलाले संघीय संसद् सचिवालयमा स्रोतको अभाव हुँदा पनि सरकार र अर्थ मन्त्रालय नजरअन्दाज गरेर बसेको आरोप लगाए।

तपाईको प्रतिक्रिया