जाजरकोट । चौथो जाजरकोट महोत्सव सुरु भएको छ । ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने मुल नाराका साथ सोमबार बाट औपचारिक रुपमा महोत्सव सुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको मुख्य आयोजनामा सञ्चालन गरिएको महोत्सवमा अहिले सम्मकै सर्वाधिक राशिको खुल्ला भलिवल, स्थानीय कला, संस्कृति र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जानकारी दिए ।
स्थानीय कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि महोत्सव बाट टेवा पुग्ने विश्वास लिईएको छ । आगामी पौष १६ गते सम्म चल्ने महोत्सवमा एक लाख दर्शक भित्र्याउने लक्ष्य लिर्ईएको अध्यक्ष केसीले बताए । महोत्सवमा पाँच करोड बराबरको कारोवार हुने विश्वास लिईएको छ ।
। ११ पुष २०७९, सोमबार