काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एस पनि सरकारमा सहभागी हुनसक्ने ब्रिफिङ गरेका हुन्।
बैठकमा सहभागी एक पदाधिकारीले थाहाखबर भने, ‘उहाँ(प्रचण्ड)ले माधवजीहरूलाई पनि सरकारमा सहभागी गराउन सकिने बताउनुभयो। तर, माधवजीहरूको औपचारिक भनाइ बुझ्न बाँकी रहेको छ। यदि उहाँहरू सहमत हुनुभयो भने सरकारमा ल्याउन सकिन्छ।’
यता, एकीकृत समाजवादी पार्टीका केही सांसदहरू सरकारमा सहभागी हुन सकारात्मक देखिएका छन्।
नाम उल्लेख नगर्ने सर्तमा एक सांसदले भने, ‘पार्टीको धारणा दिउँसो आउला तर, मसहित ४/५ जना सांसदहरू सरकारको समर्थनमा छौँ। प्रचण्डलाई समर्थन गर्ने हो।’
ती सांसदकाअनुसार नेपाली कांग्रेसका कारणले गठबन्धन टुटेको हो। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ। उक्त बैठकले सरकारमा सहभागी हुने नहुने विषयमा निर्णय गर्नेछ।
। ११ पुष २०७९, सोमबार