फाईल तस्वीर :
जाजरकोट । हामी सहजै अनुमान गर्न सक्छौं यो समयमा कति जाडो हुन्छ । त्यसैमा पनि विहानको समय झनै जाडो हुन्छ । हामीलाई विहानीको समयमा ओछ्यान छोड्नै मन लाग्दैन । तर जाजरकोटका ग्रामीण भेगका महिलाहरुलाई नगर्मीले छेक्छ,नजाडोले रोक्छ । जब घडिमा विहानको चार बजेको हुन्छ उनीहरु घाँस दाउरा गर्नका लागि जंगलमा पुगिसकेका हुन्छन् । विकट र दुर्गम जिल्लाका रुपमा रहेको यस जिल्लाका महिलाहरुका पिडा छेदविच्छेद छन् ।
जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँ निवासी अम्मा नेपाली उमेरले झन्डै ५९ बर्षकी पुगिन् । उनी सुनाउँछिन् ‘विहानको चार बजे जंगलमा पुग्नु रहर होईन त्यो वाध्यता हो । चिसोको समय नजिक आउँदैछ,पछि बर्षात सुरु हुन्छ, घाँस दाउरा गर्न सकिदैन् त्यहि भएर हामी विहानै उठेर हामी घाँस दाउरा गर्न जान्छौं । पशुवस्तुहरु पनि चराउनु पर्छ । घडिमा विहानाको चार बजेको हुन्छ, पिठ्यूमा डोको लाम्मो बोकेर जंगल जान्छौं घाँस वा दाउराको भारी ल्याएर आउँछौं अनि खाना बनाएर खान्छौं । हाम्रो दैनिक घाँस दाउरा गरेर नै वितेको छ ।’
सोही गाउँकी लक्ष्मी नेपाली उमेरले ३० बर्षकी भईन । उनी परम्परागत रुपमा गाई,भैँसी,बाख्रा पाल्दै आएकी छन् । उनी पनि पनि दैनिक घाँस दाउरा गर्छिन् । उनी भन्छिन् ‘जंगलबाट आएर बच्चाबच्चीहरुलाई स्कुल पठाउनु पर्छ पशुवस्तुलाई पानी दिनु पर्छ त्यस कारण हामी विहानै घाँस दाउरा गर्न जंगल जान्छौं ।’
उनी उदाहरण मात्र हुन जाजरकोट जिल्लाको ग्रामीण भेगका सबै महिलाहरुका पिडा यस्तै छन् । सामाजिक कामहरुमा जे जस्तो भएपनि घरायसी काममा पुरुषलाई भन्दा पनि महिलालाई बढी मर्का पर्ने गरेको कुशे गाउँपालिका २ टालेगाउँकी स्थानीय सुनिता विकले बताईन् । उनले भनिन् ‘जाजरकोट जिल्लाको सन्दर्भमा जिल्ला सदरमुकाम भित्र वासोवास गर्ने महिला वाहेक अनेत्र स्थानका प्रयः माहिलाहरु यसरी दैनिक जंगलमा जाने गरेका छन् । यसरी काम गर्नु महिलाहरुका लागि वाध्यता होईन् यो एउटा परिवारिक जिम्मेवारी हो, पारिवारिक चिन्तन हो ।’
अशिक्षा बेरोजगरीका कारण पनि आफmुले यसरी दुख गर्नु परेको छेडगाड नगरपालिकाकी स्थानीय हिमसरी बुढाले बताईन् । उनले भनिन् ‘सबै कुरा रहरले कहाँ हुन्छन् र ? केही त बाध्यता अनुासर पनि चल्लुपर्ने रहेछ । हामीले यसलाई कामका रुपमा मात्र नभई भाग्यको लेखाका रुपमा लिएका छौं ।’
। ११ पुष २०७९, सोमबार