सल्यान श्रीनगरमा लाग्ने महोत्सवको तयारी तिव्र

सल्यानकाे श्रीनगरमा संचालन हुन् लागेको बृहत कृषि तथा सांस्कृतिक महाेत्सवको तयारी तिव्र पारिएको छ । महोत्सवमा राखिने स्टल र मनोरञ्जनात्मक सामाग्री निर्माणको काम अहिले धमाधम भैरहेको आयोजकले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा यही पुस १३ गतेदेखी २३ गतेसम्म १० दिन बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गर्न लागिएको हो ।

महोत्सवमा रोटे पिङ, मवत कुवा, बाल उद्दानका सामाग्री, आकर्षण टिकटक स्टेज, ड्राइगन रेल लगायत राखिने प्रचारप्रसार समितिका संयाेजक सुमननाथ याेगीले बताए । उनका अनुसार अहिले यी कामहरु भैरहेका छन् ।

त्यस्तै स्टलहरुका काम पनि धमाधम भैरहेको उनले बताए । अहिले धेरैजसो स्टलहरु बुकिङ भैरहेको र बुकिङ गर्न इच्छुकले छिटो सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।

महाेत्सवमा चर्चित राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरुकाे सहभागीता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया