सम्झौता नवीकरण गर्न मेस्सी सहमत

सम्झौता नवीकरण गर्न मेस्सी सहमत
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् ।

विश्वकप विजेता मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न सैदान्तिक रुपमा सहमत भएको बीबीसीले जनाएको छ।

फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता २०२३ को जुनबाट सकिदैछ ।

पछिल्लो समय मेस्सी बार्सिलोना फर्कने चर्चा समेत चलेको छ ।

तर, मेस्सीले पीएसजीसँग थप एक वर्ष क्लबमा रहने गरि सम्झौता नविकरण गर्ने बीबीसीले जनाएको छ ।

मेस्सीलाई क्लब फर्काउन बार्सिलोनाले पहल नगरेको समेत बीबीसीले उल्लेख गरेको छ ।

मेस्सी २०२१ मा बार्सिलोना छाडेर पीएसजी आएका थिए । उनले २ वर्षको सम्झौता गरेका थिए ।

मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् ।

मेस्सीले आफ्नो कप्तानीमा कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका थिए ।

सात पटकको बालोन डी’ओर विजेता मेस्सी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया