गजल : मलाई एक्लै

No description available.
गजल
मलाई एक्लै पारेर गयौ
यादहरु सबै मारेर गयौ

हिजो थियौ मेरै दिलमा
आज बसाई सारेर गयौ

मर्छु भन्थ्यौ अङ्गालोमा
अचानक पो टारेर गयौ

मलाई काडे तार लगाई
यो मुटुलाई बारेर गयौ

बस्थ्यौ होला सधै तिमि
हो पिरतिमा हारेर गयौ

गजल
तिमी त पराईको पो खास भएछौ
मायामा परिक्षा बिनै पास भएछौ

हिजो म संगै जीवन काट्छु भनी
आज उसैको दिल्को बास भएछौ

सक्दिन बाच्नै भन्थ्यौ तिमी बिना
बैगुनी किन अर्कैको सास भएछौ

हो मलाई काडा भै घोचेर गएथ्यौ
मगमगायौ उता त सुवास भएछौ

हजार जुनि तिम्रै हुन्छु भन्थ्यौ नि
यति छिट्टै निस्ठुरी बदमास भएछौ

हरि पुन हरिश
बनगाड कुपिण्डे –३ सल्यान

तपाईको प्रतिक्रिया