
तिम्रो मेरो बेग्लै शहर,रहरमै सिमित भयो
बसन्तको नौलो बहर, रहरमै सिमित भयो
दुःख,सुख,हासो,खुशी, साटासाट गर्नु थियो
जीवनमा खुशीको लहर, रहरमै सिमित भयो
सिउदोमा सिन्दूर हालेर,डोलीमा सजाइ जाने
धेरै थियो मेरो रहर,रहरमै सिमित भयो
तिम्रो मेरो बेग्लै शहर, रहरमै सिमित भयो
बसन्तको नौलो बहर,रहरमै सिमित भयो
मिनीका विश्वकर्मा
कुशे गाउँपालिका,जाजरकोट
















































। ९ पुष २०७९, शनिबार