गजल
हाँसो खुसी अर्कैले लुट्योरत रोए आज
दुई मुटुको एउटै ढटकन छुट्योरत रोए आज
बाचा थियो संगै जिउने संगै मर्ने भनी
अजम्बारी साथ हाम्रो छुट्योरत रोए आज
मिठ मिठा कुरा अनि कल्पनाकै संसार हुन्थियो
सारा सपना ऐना जास्तै फुट्योरत रोए आज
नौ लाख डांडा क्षितीस पारी एउटै बस्ती थियो
हिजो आज त्यही बस्ती उठ्योरत रोए आज
मुक्तक
दुखाएर मन पलपल आँशु झारेर जिउनु भन्दा
जीन्दगीलाई घर न घाटको पारेर जिउनु भन्दा
यहि ईच्छा छ एक मुठी सास बरू छिट्टै जाओस्
यो स्वार्थी संसारमा आफैसँग हारेर जिउनु भन्दा
दिपेश सिंह बारेकोट ३ जाजरकोट
। ९ पुष २०७९, शनिबार