बारेकोट गाउँपालिकाले दियो प्रहरी चौकीलाई मोटरसाईकल


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाले प्रहरी चौकीलाई मोटरसाईकल दिएको छ । गाउँपालिका भित्र शान्ति, सुरक्षा कायम गर्न सहज होस् भनी इलाका प्रहरी कार्यालय नायकवाडा र प्रहरी चौकी लिम्सालाई मोटरसाईकल हस्तान्तरण गरेको हो ।

नायकवाडालाई लु ९० प ९०६३ नम्बरको र प्रहरी चौकी लिम्सा जाजरकोटलाई लु ९० प ९१३६ नम्बरको बजाज कम्पनीको कालो रातो रङको १५० अअ को पल्सर मोटरसाईकल हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ग्रामीण गस्ति गर्न, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न सहजता पुग्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया