कुशेमा भाडादर निर्धारण, खलंगा –पैंक जान १२ सय


जाजरकोट । कुशे गाउँपालिकाले भाडादर निर्धारण गरेको छ । सदरमुकाम खलंगा देखि गाउँपालिका भित्रका विभिन्न ठाउँमा चल्ने यातायातमा भाडादर निर्धारण गरेको हो ।

जस अनुसार सदरमुकाम खलंगा– पाँचकाटिया पाँच सय, खलंगा– साधिविसाउन ८ सय, खलंगा– मालुवातरा पंैक, समाईला १२ सय, खलंगा– बाटुल्ने, तारेचौर ८ सय, खलंगा –टापुचौर एक हजार, खलंगा–टालेगाउँ १२ सय, खलंगा–अर्छानी,भौना,काफलपाटा १२ भाडादर निर्धारण गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर रोकायले जानकारी दिए ।

विगत लामो समयदेखि कुशे गाउँपालिका बासीले विभिन्न ठाउँमा पुग्न १ हजार देखि ३ हजार सम्म भाडा तिर्नुपरेको थियो । भाडा निर्धारण भएपछि गाउँपालिका बासी निकै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया