पत्रकार महासंघ जाजरकोटको एघारौं साधारण सभा सम्पन्न (फोटोफिचर)

No description available.
जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोटको एघारौं साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन पास गर्दै साधारण सभा सम्पन्न भएको हो । महासंघ जिल्ला शाखा सचिव भरत शर्माले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष युद्धजीत शर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाको बन्द सत्रले उक्त प्रतिवेदन पास गरेको हो ।

त्यस्तै संचार क्षेत्रको संस्थागत विकासको लागि पहल गर्ने, संचार क्षेत्रको दीर्घकालिक विकासको लागि महासंघले भावि योजना निर्माण गर्ने तथा मिडिया मैत्री कानून निर्माणका लागि सम्पुर्ण स्थानीयतहलाई अनुरोध गर्ने विषयमा समेत साधारण सभामा छलफल चलेको महासंघका अध्यक्ष बालकुमार शर्माले जानकारी दिए ।

No description available.

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीमबहादुर सिंहले पत्रकारको मूल धर्म नै निष्पक्षता र निरपेक्षता रहेको बताए । सत्यतथ्य समाचार प्रस्तुत गर्नु मात्रलाई पत्रकारको धर्म नमानिने बताउँदै उनले निष्पक्षता र सन्तुलनलाई ध्यान दिनु पर्ने बताए ।

No description available.

उद्घाटन सत्र कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंह, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, डिएसपी सन्तोष निरौला सहित जिल्लाका क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

तपाईको प्रतिक्रिया