जीप दुघर्टनाका पीडित परिवारलाई राहत

जीप दुघर्टनाका पिडित  परिवारलाई राहत सामग्री वितरण
जाजरकोट । गत मंसिर २६ गते छेडागाड नगरपालिकामा जीप दुघर्टनामा परी मृत्यु भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना मार्फत छेडागाड ५ लेवाका पीडित पाँच परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।

लेवा गाउँका पाँच परिवारका अभिभावकहरु र सदस्यहरुको दुःखद निधन भएपछि उक्त परिवारका बालबालिकाहरुमा जीवन निर्वाहमा समस्यामा पर्न सक्ने कुरालाइ मध्य नजर गर्दैे परियोजना मार्फत सहयोग गरिएको पाँचतारा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले बताए । पाँच परिवारका १५ जना बाल बालिकाहरुलाई लक्षित गरि प्रति परिवार १० हजार ६ सय का दरले ५३ हजार रकम बराबरको खाद्यान्न र बन्दाबस्तिका सामग्री प्रदान गरिएको अध्यक्ष पन्तले बताए । दुघर्टनामा परि जाजरकोटका नौ र दैलेखका तीन जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया