
सुर्खेत । कर्णालीमा सरकार गठनको प्रक्रिया अघि बढेसँगै दल नेताको लागि चर्चा सुरु भएको छ। १४ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसमा संस्थापन पक्षकै दुई जनाले संसदीय दलको नेताका लागि दाबी गरेका छन्।
केन्द्रीय नेताहरूको सल्लाह अनुसार आफूनै मुख्यमन्त्रीमा निरन्तर हुनेगरी प्रदेशमा झरेको बताइरहेका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई कांग्रेस केन्द्रीय सदस्य राजीवबिक्रम शाहले चुनौती दिने भएका छन्। शाहले आइतबार साँझ सामाजिक सन्जाल फेसबुक मार्फत दलको नेताका लागि उम्मेदवारी प्रस्तुत गरिसकेका छन्।
मुख्यमन्त्री शाहीलाई नै प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै आफूलाई दलको नेतामा सहयोग गर्न आग्रह गरेका छन्। मलाई कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सहयोग र समर्थन गर्नुहुनेछ भन्ने आशासहित, जय नेपाल,ु उनले भनेका छन्।
















































। ५ पुष २०७९, मंगलवार