जाजरकाेट । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय जाजरकोटले घरेलु मदिरा नष्ट गर्ने अभियान थालेको छ । घरेलु मदिराले समाजमा असर गरेको भन्दै तयारी मदिरा, कच्चापदार्थ, औषधी र भाँडाकुडाहरु प्रहरीले नष्ट गर्ने अभियान थालेको हो ।
पछिल्लो छ दिनमा मात्रै प्रहरीले १ हजार १ सय ९३ तयारी घरेलु मदिरा नष्ट गरेको छ । ३ हजार ७०५ लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो । जाजरकोट प्रहरीले मदिरा उत्पादन तथा विक्री वितरणलाई नियन्त्रण गर्न एक हप्ते अभियान सञ्चालन गरेको डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
पछिल्लाे ६ दिनमा प्रहरीले बरामद गरी नष्ट गरेका मदिराकाे जानकारी
- गत मंसिर २१ गते जिल्लाको कुशे गाउँपालिका ०३ स्थित थलह बजार देखि टालेगाउँ जाने बाटोमा कर्णाली डायमण्ड नामक मदिरा ( रक्सी) १४ पेटी वेवारिसे अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी सरोकारवाला पक्षको रोहवरमा नष्ट गरिएको थियो ।
- मंसिर २९ गते ईलाका प्रहरी कार्यालय दल्ली, इप्रका पञ्चलादह, ईप्रका अर्छानी, अस्थायी प्रहरी पोस्ट ठाँटी र अस्थायी प्रहरी पोस्ट रावतगाउँ जाजरकोट बाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडाका एरियाहरुमा अवैध घरेलु मदिराको उत्पादन तथा विक्रिवितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानहरुमा खटिई तयारी घरेलु मदिरा अन्दाजी ४२० लिटर, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी २४५ लिटर, भाडाँ सेट ६ थान र मदिरा बनाउन प्रयोग गरिने औषधी ५ किलो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गर्नुका साथै प्रहरी चौकी पाँचकाटिया र थर्पु भार्माबाट खटिएको संयुक्त टोलीले बेबारिसे अवस्थामा १ काटुन ४ बोतल बियर र कर्णाली डाईमण्डको ४ काटुन फेला पारी स्थानीय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको ।
- पौष १ गते जिल्ला प्रहरी कार्यालय तथा मातहत ई.प्र.का.दल्ली,ई.प्र.का.रिम्ना,ई.प्र.का.जगतीपुर,ई.प्र.का.रग्दा,प्र.चौ.छेडा,प्र.चौ.जुँनिचाँदे,अ.प्र.पोष्ट ठाँटी र अ.प्र.पोष्ट स्याला जाजरकोटबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडा एरियाहरुमा अवैध घरेलु मदिराको उत्पादन तथा विक्रिवितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानहरुमा खटिई गई तयारी घरेलु मदिरा अन्दाजी १९० लिटर,मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ६५५ लिटर, भाडाँ सेट ४ थान र मदिरा बनाउन प्रयोग गरिने औषधि २५ किलो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी स्थानीय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको ।
- पौष ०२ गते जिल्ला प्रहरी कार्यालय तथा मातहत ई.प्र.का.दल्ली,ई.प्र.का.रिम्ना,ई.प्र.का.जगतीपुर,ई.प्र.का.रग्दा,ई.प्र.का.पंचलादह,ई.प्र.का.अर्छाने,ई.प्र.का.बडाबन,प्र.चौ.पाँचकाटिया,प्र.चौ.कुदु,प्र.चौ.थर्पु भार्मा र अ.प्र.पोष्ट ठाँटी जाजरकोटबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडा एरियाहरुमा अवैध घरेलु मदिराको उत्पादन तथा विक्रिवितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानहरुमा खटिई गई तयारी घरेलु मदिरा अन्दाजी १९३ लिटर,मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी १५६५ लिटर, भाडाँ सेट ५ थान लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी स्थानीय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको ।
- पौष ०३ गते ई.प्र.का.दल्ली, ई.प्र.का.रिम्ना, ई.प्र.का.अर्छाने, ई.प्र.का.रग्दा, ई.प्र.का.दशेरा, प्र.चौ.पाँचकटिया, प्र.चौ.छेडा,प्र.चौ.सक्ला,प्र.चौ.लिम्सा,अ.प्र.पोष्ट स्याला,अ.प्र.पोष्ट ठाँटी र अ.प्र.पोष्ट रावतगाँउ जाजरकोटबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडा एरियाहरुमा अवैध घरेलु मदिराको उत्पादन तथा विक्रिवितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानहरुमा खटिई गई तयारी घरेलु मदिरा अन्दाजी २४७ लिटर,मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ८८५ लिटर, भाडाँ सेट ३ थान लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी स्थानीय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको ।
- पौष ०४ गते जिल्ला प्रहरी कार्यालय तथा मातहत ई.प्र.का.दल्ली ,ई.प्र.का.पंचलादह, ई.प्र.का.रग्दा, प्र.चौ.छेडा, प्र.चौ.जुँनिचाँदे,प्र.चौ.सक्ला,प्र.चौ.पाँचकटिया,र अ.प्र.पोष्ट मैदे जाजरकोटबाट खटिएको प्रहरी टोलीले आ–आफ्नो वडा एरियाहरुमा अवैध घरेलु मदिराको उत्पादन तथा विक्रिवितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानहरुमा खटिई गई तयारी घरेलु मदिरा अन्दाजी १४३ लिटर,मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ अन्दाजी ३६० लिटर, भाडाँ सेट २ थान र मदिरा बनाउन प्रयोग गरिने औषधि १० किलो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी रीतपूर्वक बरामद गरी स्थानीय जनप्रतिनिधि, समाजसेवि तथा बुद्धिजिविहरुको रोहवरमा नष्ट गरिएको ।
















































। ४ पुष २०७९, सोमबार