बालविवाह निरन्तर : नियन्त्रणमा चासो विहिन स्थानीय सरकार

रमिता हेर्दै जनप्रतिनिधि

जाजरकोट । बालविवाह देशभरी कै प्रमुख समस्या हो । कानुनी रुपमा बालविवाहलाई अपराधका रुपमा लिइए पनि नेपालका अधिकांश ग्रामिण भेगहरुमा निरन्तर रुपमा बाल विवाह भइरहेका छन् ।

यस्तै, जाजरकोट जिल्लाका ग्रामिण भेगहरुमा पनि निन्तर रुपमा बाल विवाह भइरहेका छन् । वाल विवाह नियन्त्रणका लागि भने स्थानीय सरकारहरुसंग कुनै ठोस योजना भने छैन् । स्थानीयहरुका अनुसार बर्षेनी दर्जनौं बालविवाह हुँदा पनि स्थानीय सरकार र सरोकारवाला निकायहरु दर्शक बनेर रमाईरहेका हुन्छन् ।

बालविवाह जस्तो गैरकानुनी कार्य गर्ने वा गराउने व्यक्तिलाई कानुन बामोजिम सजायको भागेदार बनाउनु पर्नेमा सरोकारवाला निकायहरुले स्वयम उनीहरुको संरक्षण गर्ने गरेको पाईन्छ । यति मात्र नभइ चुनावमा भोटरको संख्या बढ्छ भन्ने मन साहायले उमेर नपुग्दै विवाह गरेका व्यक्तिहरुलाई नगरेको भन्न लगाएर नेपाली नागरिकताको प्रमाण पत्र बनाउनका लागि वडाकार्यालयहरुबाट सिफारिस दिने जस्ता गैरकानुनी काम भईरहेको एक स्थानीयले बताए ।

वालविवाहबाट बैबाहिक जीवनमा पर्न सक्ने असर,बालिकाको प्रजनन स्वास्थ्यमा पर्ने प्रत्यक्ष अप्रत्यक्ष असरहरुको बारेमा थाह नपाउनु,बाल अधिकार,कानूनी व्यवस्था बारेमा जानकारी नपाउनु,गरिबी,बेरोजगारीका लगायतका कारण बालविवाहले निन्तरता पाइरहेको छेडागाड नगरपालिकाका स्थानीय राजन शर्माले बताए ।

उनले भने ‘बालविवाहले निरन्तरता पाउनुमा कानुनी व्यवस्था कार्यन्वयनमा सरोकारवाला निकायहरुको कम्जोरी छ, कानुनी व्यवस्थालाई पुर्ण रुपमा कार्यन्वयन गरी ग्रामीण भेगका स्थानीयहरुलाई बालविवाहका असर,बालविवाह सम्बन्धी कानुनी व्यवस्था लगायतका विविध विषमा शिक्षा दिने हो भने अहिलेको संख्यामा केही नियन्त्रण हुन सक्छ ।

हाम्रो समाजमा प्रत्यक्ष र अत्य्रक्ष रुपमा बाल विवाहको असर परिरहेको हुन्छ । कानुनी व्यवस्थामा उल्लेख गरिएको उमेर भन्दा पहिला विवाह गर्दा शारीरिक रुपमा परिपक्क भईएको हुदैनौं परिपक्क नहुँदै विवाह गर्दा बालिकाको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पर्छन जान्छ । सन्तान जन्माउँदा आमा सहित बच्चाको समेत जान जोखिममा हुने र पारिवारिक सम्बन्धमा खलबल हुने जस्ता घटनाहरु घट्ने गरेको बारेकोट गाउँपालिका ४ का स्थानीय वियज विकले बताए ।

उनले भने ‘बाल विवाहका कारण घरेलु हिंसा,महिला हिंसा,हत्या,आत्महत्या,यातना जस्ता अमानवीय घटनाहरु घटिरहेका छन् । बालविवाह कै कारण बालबालिले पढ्न पाउने,स्वेच्छिक रुपमा विवाह गर्न पाउने र सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत वन्चित भईरहेका छन् ।’

नेपाल सरकारको विवाह सम्बधी कानुनी व्यवस्था अनुसार अभिभावको मन्जुरीले केटा केटीको उमेर १८ वर्ष पूरा भएको र प्रेम विवाहको लागि केटा केटी दुवैको उमेर २० वर्ष पुरा भएको हुनुपर्ने छ । विवाह गर्दा वा गराउँदा ढाँटेर,झुक्याएर, गफलतमा पारेर र केटा केटीको इच्छा एवं सहमति विपरित विवाह गर्न वा गराउन हुँदैन ।

कसैले कानूनले तोकेको उमेर पूरा नभएको अवस्थामा वा झुक्याएर वा केटा केटीको इच्छा विपरित जात,धर्म,परम्परा आदिका नाममा विवाह गरे गराएका खण्डमा विवाह बदर हुने र त्यसरी विवाह गर्ने गराउनेलाई उमेरको अवस्था हेरी ६ महिला देखि ३ वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था गरिएको छ ।

कानुनी व्यवस्थालाई स्थानीय सरकारले पुर्णरुपमा पालन गर्नु पर्नेमा स्थानीय सरकार र सरोकारवाला व्यक्तिहरुले नै यसको संरक्षण गरेको बारेकोट गाउँपालिका ७ का स्थानीय कालीबहादुर नेपालीले बताए ।

विवाह गर्ने वा नगर्ने भन्ने विषयमा प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणबाट आफुले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने लर आफ्नो भविष्यको मार्गचित्रतय गर्ने प्रत्येक नागरिकको हक सुनिश्चित हुनुपर्दछ । सृष्टि संचालनका लागि विवाह गर्नु एउटा आवश्यकता पनि हो । विवाह केटाकेटी वीचको आजीवन सम्झौता पनि हो ।

बैबाहिक जीवन सुखद रहेमा घरपरिवार देखि शुभचिन्तक सवै खुशी र सुखी हुन्छन् तर कसैको सम्वन्ध कुनै कारणले असफल भएमा घरपरिवार,आफन्त देखि समाजमा पनि यसको प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने बारेकोट गाउँपालिका ३ का स्थानीय युवा रमेश नेपालीले बताए । उनले भने ‘हाम्रो ग्रामिण क्षेत्रमा विशेष गरी वालविवाहको अहिले सम्म पनि अन्त्य हुन सकेको छैन । बालविवाह गर्नु गराउनु बाल अधिकार,महिला अधिकार, मानव अधिकार र कानूनी शासनको समेत बहिस्कार गर्नु हो ।’

विवाह गर्ने वा नगर्ने भन्ने विषयमा प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणबाट आफुले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफ्नो भविष्यको मार्गचित्रतय गर्ने प्रत्येक नागरिकको हक सुनिश्चित हुनुपर्दछ । यसका लागि प्रया सवै मुलुकहरुले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् ।

नेपालको संविधानमा पनि विवाहको लागि कानसनी उमेर २० बर्ष तोकिएको छ । नेपालको सवैधानिक इतिहासमा बालविवाहलाई पहिलो पटक बालअधिकार हननको विषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरिएको छ ।

बालविवाह महिला हिंसा,घरेलु हिंसा सम्बन्ध विच्छेद जस्ता घटनाहरु सामाजिक रुपमा कु—संस्कार र विकृतिका हुन । यी सबै कुरालाई नियन्त्रण र अन्त्य गर्नु आजको आवश्यकता रहेको र सभ्यसमाज निर्माणका निम्ती हरेक नागरिकले पहल गर्नुपर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

उनले भने ‘बालविवाह कानुनी रुपमा अपराध हो,धार्मिक रुपमा पाप हो,सामाजिक रुपमा यो कु—संस्कार हो । यसको नियन्त्रणका लागि हामीले सामाजिक चेतना फैलाउने कानुनी प्रवन्धलाई बलियो बनाउने र बालविवाह गरेकाहरुलाई संमीलित गरेर बालविवाह विरुद्धको अभियान चलाउने तयारी गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया