
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका ९ सराखहरे स्थित कालिका माद्यामिक विद्यालय अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शारदा शेर स्मृति उत्थान प्रतिष्ठानको समन्वयमा र जे.एस.डी. फाउन्डेसनको आर्थिक सहयोगमा कालकिा माद्यामिक विद्यालयमा अध्ययनरत अति विपन्न,जेहेन्दार २० जना विद्यार्थीलाई झोला र अन्य २८ जना विद्यार्थीलाई कपी कमल वितरण गरिएको हो ।

उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा छेडागाड नगरपालिकाका निवर्तमान नगर प्रमुख लालबहादुर महतारा,९ नं. वडाका वडाध्यक्ष गोपाल बहादुर नेपाली लगायतका उपस्थिति रहेको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले बताए । उनले भने ‘प्रतिष्ठनले यस अघि पनि विभिन्न विद्यालयमाहरुमा शैक्षिक सामाग्री वितरण गरेको छ र आगमी दिनहरुमा पनि निरन्तर गरिरहने छ ।’

















































। २७ मंसिर २०७९, मंगलवार