राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था जाजरकोटको अध्यक्षमा महेन्द्र भडेल

May be an image of 9 people and people standing
जाजरकोट । राष्ट्रसेवक वचन तथा ऋण सहकारी संस्था लिमिटेड जाजरकोटको अध्यक्षमा महेन्द्र कुमार भडेल चयन भएका छन् । शनिवार सहकारीको आठौं साधारण सभाले अध्यक्षमा भडेललाई चयन गरेको हो । उपाध्यक्षमा यौमा वली, सचिवमा कृतिबहादुर थापा, कोषाध्यक्षमा हरि पुन चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा रिता बुढाथोकी, सर्वजित राना र दीपबहादुर भारती निर्वाचित भएका छन् । जिल्लामा रहेका राष्ट्रसेवक कर्मचारीहरुको सक्रियतामा खोलिएको सहकारी अहिले निकै सक्रिय रहेको छ ।

May be an image of 12 people, people standing and outdoors

तपाईको प्रतिक्रिया