‘फोहोरमा कविता वाचन’

No description available.
जाजरकोट । झट्ट ! सुन्दा तपाईलार्ई विश्वास नलाग्न सक्छ । फोहोरमा पनि कवितावाचन हुन्छ भन्ने । तर सत्य यही हो । जाजरकोटको सदरमुकाम खलंगा शान्तिचौतारा बसपार्क नजिकै फोहोरको डंगुर देखिन्छ । घर बाट निस्कने फोहोर, ढलको पानी र पसलहरुको फोहोरले बसपार्क गनाईरहेको छ ।

फोहोर व्यवस्थापनका लागि यहाँका सरोकारवाला निकायहरुलाई वेलावेला जानकारी गराउँदा पनि फोहोर हट्न सकेन् । उल्टै स्थानीयले आफ्नो घर बाट निस्कने फोहोर पानीलाई त्यही सडकमा हालिरहेका छन् ।

त्यसले गर्दा दैनिक आवतजावत गर्ने मोटरसाईकल र पैदल यात्रीहरु चिप्लिएर लडिरहेका छन् । भेरी नगरपालिका र स्थानीय प्रशासन मुखदर्शक बनेर बसिरहेको स्थानीयको आरोप छ । शुक्रबार त्यही फोहोर व्यवस्थापनको लागि दवाव सिर्जना गर्न जाजरकोटका साहित्यकार एवं कविहरुले फोहोरमा कवितावाचन गरे ।

कवि र कवित्रीहरुले फोहोर व्यवस्थापनमा स्थानीय सरकारले खासै ध्यान नदिएको भावमा कवितावाचन गरेका थिए । सुन्दर जिल्ला जाजरकोटलाई यहाँका सरोकारवालाहरुले चासो नदिँदा दुर्गन्धित बनाईरहेको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं कवि बालकुमार शर्माले बताए ।

No description available.

‘पटकपटक जानकारी गराउँदा पनि यहाँको स्थानीय सरकारले चासो दिएन्’ उनले भने, ‘सम्बन्धित पक्षहरु वेखबर जस्तै छन्, नागरिक दवाव सिर्जना गर्न फोहोरमा कवितावाचन कार्यक्रम गरेका हौं ।’ कविहरुले कविताको भावमा फोहोर व्यवस्थापनमा सरोकावाला निकायहरु किन मौन भन्दै आक्रोश पोखेका थिए ।

जिल्लाको सदरमुकाम समेत रहेको भेरी नगरपालिकाले किन फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै कविता मार्फत जनप्रतिनिधीहरुलाई खबरदारी गरेको शर्माले बताए । भेरी नगरपालिका भित्रका विभिन्न स्थानमा फोहोरको डंगुर भेटिन्छन् तर नगरपालिकाले पछिल्लो समय फोहोर व्यवस्थापनलाई प्राथमिकता नदिएको कवि भावुक वावु रिदमले बताए । यसै विषयमा भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।

तपाईको प्रतिक्रिया