जाजरकोट । यो दृश्य भेरी नगरपालिका ४ स्थित शान्ति चौतारा बसपार्क देखि गैरीखाली प्रवेश गर्ने सडकको हो । अर्थात सदरमुकाम प्रवेश गर्ने मुख्य बाटो । यही सडकमा दैनिक सयौं पैदल यात्री र मोटरसाईकल, हिड्ने गर्छन् । त्यहाँ हिड्ने अधिकांश नागरिक घाइते हुदै आएका छन् ।
सडकको वीचमा फोहोरको नाली बगिरहेको छ । जिल्ला बाट निर्वाचित माननीय सांसद देखि स्थानीय सरकारका प्रमुख र जिल्लाका विशिष्ट व्यक्तिहरु दैनिक ओहरदोहर गरिरहेका छन् । फोहोरको नालीले उनीहरुलाई गिज्याई रहेको छ तर उनीहरु लाज नमानि हिडिरहेका छन् ।
स्थानीयहरुले आफ्नो घर बाट निस्कने फोहोर पानीलाई त्यही सडकमा मिस्याईरहेका छन् ।
सडक नागरिकलाई घाईते बनाउने हतियार बनिरहेको छ । यो पीडा त्यहाँका न स्थानीयले बुझ्ने गरेका छन् । नत स्थानीय सरकारले नै । न यहाँको जिल्ला प्रशासन कार्यालयले बुझ्ने गरेको छ । नगरपालिकाले ढल निकासका लागि बजेट विनियोजन कागजमा गर्र्छ, व्यवहारमा देखिदैन् । यही सडकका विषयमा अहिले सामाजिक सञ्जाल तातिरहेका छन् ।
सरोकावारवाला निकायहरु वीच छलफल पनि हुने गरेको छ । तर निर्माण कसले गर्ने भन्ने कोही जिम्मेवार देखिदैन् । सदरमुकाम भित्रको सडकको अवस्था त यस्तो दुर्गम गाउँको पीडा कस्ले बुझिदिने ?
। १८ मंसिर २०७९, आईतवार