अर्थतन्त्रमा संकट छैन, चुनौती मात्र छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई संकट भन्न नमिल्ने तर्क गरे ।

बिहीबार आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ ।

मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।

नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । अब बन्ने सरकारले संस्थागत समृद्गिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दियको समेत बताए

तपाईको प्रतिक्रिया