ईप्रकालाई जग्गादान


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक जनाले प्रहरी चौकीलाई जग्गा दान गरेका छन् । नगरपालिकाको वडा नं ५ निवासी धनविर शाहीले आफ्नो नाममा रहेको १ रोपनी ३ आना १ पैसा १ दाम ६१५ वर्गमिटर क्षेत्रफल भएको जग्गा ईलाका प्रहरी कार्यालय वडावनलाई जग्गादान गरेका हुन् ।

शाहीले सोही जग्गा ईलाका प्रहरी कार्यालयको नाममा नामसारी गरिसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरी चौकीलाई निःशुल्क जग्गादान गर्ने शाहीलाई प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले कदर पत्र सहित सम्मान गरेका छन् । आफ्नो कमाई खाने बारीको जग्गा प्रहरीलाई शाहीले हस्तान्तरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया