सिसिटिभी क्यामेरा जडान

जाजरकोट । जिल्लाको भेरी नगरपालिका ४ का विभिन्न स्थानमा १७ सिसिटिभी क्यामेरा जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटको सक्रियतामा यहाँ हुन सक्ने अपराधिक गतिविधिलाई सुक्ष्म रुपले निगरानी गरी गैर कानुनी क्रियाकलापहरु गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन नयाँ सिसिटिभी क्यामेरा जडान गरिएको डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

‘पहिले जडान गरिएका सिसिटिभी क्यामेराहरु विग्रन गई सूचारु नभएकोले नयाँ १७ वटा क्यामेरा जडान गरिएको छ’ उनले भने, ‘नगरपालिका सँगको सहकार्यमा जडान गरिएको हो ।’ यसले जिल्लामा हुने अपराधिक क्रियाकलापमा अनुसन्धान गर्न सजिलो हुने समेत डिएसपी निरौलाले बताए ।

तपाईको प्रतिक्रिया