We expect your Meaning Efforts to Promote Human Right, Livelihood, Social Justice and Good Governance.
१. स्थानीय श्रोत साधनको उच्चतम परिचालन गर्दै उत्पादन र व्यावसायिकरण मार्फत आत्मनिर्भरता, समुन्नति, समृद्धि र सुशासनका शंकल्प पूरा गर्न ।
२. सार्वजनिक सेवा र विकासका कामहरुमा स्वच्छता, पारदर्शिता, ईमान्दारीता, गुणस्तर कायम गर्न र जन सहभागता प्रवद्र्धन गर्दै भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न ।
३. जाजरकोटी जनतालाई सद्भाव, मित्रता र एकताको सूत्रमा वांध्न र ईमान्दारिताको कदर गर्न ।
४. सरकारी अनुदान, प्रोत्साहन र अवसरहरुमा भैरहेको अनियमितता र वास्तविक गरीव र किसानको नाममा विचौलियाको हालीमुहाली अन्त्य गदै व्यावसायिक कृषि उत्पादन र बजार व्यवस्थापनमा जोड दिन ।
५. सहकारी संस्था, कृषक तथा उद्यमी समूह र सामुदायिक संस्थाहरुलाई सवलीकरण गर्दै जनतालाई उत्पादनमूलक काममा वित्तिय सहयोग उपलव्ध गराउन ।
६. जैविक विविधता, वातावरण, जलसम्पदा, खनिज सम्पदा, सांस्कृतिक, ऐतिहासिक, कला, सहित्य, भाषा, धर्मको संरक्षण र सम्वद्र्धन गर्न र जाजरकोट दरवार सहितका सम्पदा र धरोहरहरुको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटन क्षेत्रको योजनावद्ध विकास गर्न ।
७. विकासका काममा वातावरण, जलवायु परिवर्तन र विपद उत्थानशीलता जस्ता पक्षमा संवेदनशील रहंदै दीगो तथा समावेशी विकास संस्थागत गर्न ।
८. जिल्लालाई जातीय छुवाछूत र विभेद तथा हिंसामुक्त वनाई महिला, वालवालिका, दलित, जनजाती, जेष्ठ नागरिक, विपद र जोखिममा रहेका व्यक्तिहरुको जीवन र अधिकार रक्षा गर्न ।
०९. राजनीतिक दल, नागरिक समाज र जनप्रतिनिधि वीच नियमित सम्वाद गर्न, सार्वजनिक सेवा र विकासका कामको सूचकमा आधारित परिणाममूलक अनुगमन, मूल्यांकन र समीक्षा प्रणालीलाई अवलम्वन गर्न ।
१०. युवाहरुमा वहुआयामिक शीप, उद्यमशीलता एवं प्रतिष्पर्धी क्षमताको विकास गरी रोजगारी श्रृजना गर्ने तथा युवा, प्रतिभा, श्रृजना र सम्भावना तथा पूर्वाधारहरुको उच्च विकास र उपयोग गर्न ।
११. नलगाड जलविद्युत आयोजनालाई उच्च प्राथमिकता सहित सिद्ध्र कार्यान्वयनमा लैजान, जलश्रोतको वहुआयामिक उपयोग गर्न र सूचना, संचार र प्रविधिको विकास गर्न ।
१२. स्थानीय ईतिहास, धर्म, सम्पदा, कला र संस्कृति, विशिष्टता र मूल्य मान्यताको संरक्षण र सम्वद्र्धन, ऐतिहसिक जाजरकोट दरवारलाई संग्रहालय वनाउन र अन्य सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्न तथा पर्यटन क्षेत्रको योजनावद्ध विकास गर्न ।
१३. गैह्र कानूनी भूमि अतिक्रमण हटाउन, भूमिहीन दलितलाई आवासका लागि व्यवस्थित र आवश्यकताका आधारमा जग्गा उपलव्ध गराउन ।
१४. सरकारी क्षेत्रवाटै सर्वसुलभ र गुणस्तरीय विद्यालय शिक्षा उपलव्ध गराउन, जनताको स्वास्थ््य रक्षा गर्नका लागि सवैलाई सहुलियतमा स्वास्थ््य वीमा गराउंदै गुणस्तरीय र निशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।
राजेन्द्र विक्रम शाह नागरिक समाज जाजरकाेटका संयाेजक हुनुहुन्छ ।
। १२ मंसिर २०७९, सोमबार